
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
खनाल आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। उनलाई मुटुसँग सम्बन्धित सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जानकारी दिए ।
खनालको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

























