
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा आज (मंगलबार) राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको पूजाअर्चना गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका हुन् । दसैँमा राष्ट्रप्रमुखले नवकन्याको पूजाअर्चना गर्ने परम्परा छ ।
दसैँमा नवदुर्गाका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा पूजाअर्चना गर्ने गरिन्छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले कन्याहरूको गोडा धोएर टीका लगाइदिएका थिए भने उपहारसमेत प्रदान गरेका थिए ।



















