महानवमीमा हनुमानढोकाको दसैँघरमा पञ्चबलि

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार १०:५६

काठमाडौं । महानवमीका अवसरमा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा आज (मंगलबार) पञ्चबलि दिइएको छ ।

आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी पशुबलिसहित दुर्गा भवानीको पूजा गर्ने परम्परा छ । यस दिन दसैँघर, कोतलगायत राज्यका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिएर पूजा गर्ने गरिन्छ ।

कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन छ । महानवमीका दिन दुर्गासप्तशती (चण्डी), श्रीमद्भागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा पनि छ ।

घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । पशुबलि नदिने तथा शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिएर पूजा गर्ने गर्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×