झापामा खैरो हेरोइनसहित तीन जना पक्राउ

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार ११:२१
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद

झापा । झापाको बिर्तामोडबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिर्तामोड नगरपालिका-२ त्रिशूली चोकबाट १ ग्राम ५० मिलिग्राम पदार्थसहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ का २४ वर्षीय प्रदीप राजवंशीसहित तीन जना छन् । प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित मंगलबार नौ जना पक्राउ परेका छन्। झापासहित जुम्ला, कञ्चनपुर र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् ।

जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ९३० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०० मिलिग्रामसहित भारतको पिलिभित न्युरिया कलौनीका ३२ वर्षीय अमित हलदर पक्राउ परेका छन् ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २७ वर्षीय आयुस बमसहित दुई जना पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×