
पर्सा । वीरगञ्जमा चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकैको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाबाट बरामद गरिएको हो ।
प्रहरीले महिलाको साथबाट एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरेको जनाएको छ ।



















