
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित संगम टोलमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ भएको दुर्घटनामा स्थानीय रामबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्कीका दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























