एनपीएललाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको सात बुँदे आग्रह

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १६:०४

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ क्रिकेट प्रतियोगितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले दर्शक तथा क्रिकेटप्रेमीलाई आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतियोगिताका क्रममा गैरकानुनी बेटिङ तथा सट्टेबाजी नगर्न र नगराउन अनुरोध गरेको छ । साथै, जात, धर्म, लिङ्ग, वर्ण, भूगोल, संस्कृति तथा परम्परालगायत विविधताको सम्मान गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले मैदानभित्र निषेधित सामग्री नलैजान, पाकेटमारी तथा चोरीबाट सतर्क रहन र सुरक्षाका लागि गरिने अनिवार्य जाँचमा सहयोग गर्न अनुरोध गरेको छ ।

त्यसैगरी, ट्राफिक नियमको पालना गर्न र सवारी आवागमनमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । प्रतियोगिताका टिकट ‘सोल्ड आउट’ भइसकेकाले टिकट नभएका दर्शकलाई रंगशाला वरपर अनावश्यक भीडभाड नगर्न पनि अनुरोध गरिएको छ ।

प्रहरीले प्रचलित कानुनको पालना गर्दै सुरक्षित र सभ्य नागरिकको परिचय दिन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा
बेलायतका नेपालीले दिए बाढीपीडितका लागि एक करोड
कोशी प्रदेश : पर्यटन वर्षमा करोडौँ खर्च, पर्यटक आगमन भने २२ प्रतिशतले घट्यो
एनपीएललाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको सात बुँदे आग्रह
दसैँपछि ओरालो लाग्यो नेप्से
विपद् पर्खेर होइन, पूर्वतयारी गरेर जोगिऔँ
विराटनगरमा डीडीसीका कारण बस्ती कालाम्मे, स्थानीयको स्वास्थ्य जोखिममा
कटारीमा बोलेरो दुर्घटना हुँदा चालकसहित १५ जना घाइते 
कटारीमा बोलेरो दुर्घटना हुँदा चालकसहित १५ जना घाइते 
प्रहरीलाई सामाजिक सञ्जालमा पोसाकको फोटो राख्नदेखि राजनीतिक टिप्पणी गर्नसम्म रोक
तीन ज्यान लिने हात्तीको त्रास, गाउँगाउँमा गस्ती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×