
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
यस पटकको प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।
प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् । तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ ।

























