कागे नकआउट फुटबलको खेल तालिका सार्वजनिक

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार ०८:३४

इलाम । डम्बरकुमारी गुरुङ स्मृति कप तथा दोस्रो रनिङ कप कागे नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

जमुना फुटबल क्लब सन्दकपुर–५, जमुना इलामको आयोजनामा हुने प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा जमुना एफसी र सायाबुङ खेल संघ, इलाम गुरुङ समाज काठमाडौं र इङ्ग्ला वारियर्स, आरआरसी प्याडुक र टोइके झरना स्पोर्टिङ क्लब, ३ लिप्स एफसी र टारी एफसी तथा छिन्तापु स्पोर्टिङ क्लब र रेड डेभिल्स एफसीबीच खेल हुनेछ ।

यस्तै, यलम्बर स्पोर्टिङ क्लब र सुनखरी फुटबल क्लब पनि आमनेसामने हुनेछन् । प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २१ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×