कांग्रेसका नयाँ पदाधिकारी र सदस्यको शपथग्रहण हुँदै

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ०९:४७

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले आज (बिहीबार) शपथग्रहण गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण कार्यक्रममा उपस्थित हुन बोलाइएको छ ।

कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । आजको कार्यक्रममा सभापति थापाले केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×