खुम्बु क्षेत्रको दिङबुचेमा हिमपात, जनजीवन प्रभावित

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार ०९:५९
खुम्बु क्षेत्रको दिङबुचेमा हिमपात, जनजीवन प्रभावित

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–स्थित पर्यटकीय क्षेत्र दिङबुचेमा हिमपात भएको छ । मौसममा अचानक आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण दिङबुचे क्षेत्रको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै तापक्रम घट्दा चिसो अत्यधिक बढेको छ ।

हिमपातपछि दिङबुचेका घर, सडक, डाँडाकाँडा तथा आसपासका क्षेत्र सेताम्मे बनेका छन् । अचानक भएको हिमपातले स्थानीय बासिन्दासँगै उक्त क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको आवागमन र दैनिक गतिविधिमा समेत असर पारेको छ।

उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल बनेसँगै चिसोबाट जोगिन र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.