
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमाथि पछिल्ला दिनमा उठेका विभिन्न प्रश्नबारे छलफल भएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू सहभागी बैठकमा समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए ।
यसअघि प्रधानन्यायाधीश डा. शर्मा तथा न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रामक रहेको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।



















