डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण, ग्लुकोज दिन चिकित्सकको आग्रह

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार २०:४३

इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५ औँ पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन्।

इलाम अस्पतालले पत्रकार सम्मेलन गरी डा. केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको जानकारी दिएको हो। अस्पतालका चिकित्सक डा. अमिताभ ठाकुरका अनुसार उनलाई ग्लुकोज दिन खोजिए पनि डा. केसीले अस्वीकार गरिरहेका छन् ।

चिकित्सकले तत्काल ग्लुकोज दिनुपर्ने अवस्था रहेको जनाउँदै थप उपचार र आवश्यक पहलका लागि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको बताएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन, सरकारी संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नेलगायत ६ बुँदे माग राखेका छन्।

उनले गेटामा मापदण्डविपरीत सञ्चालन गर्न लागिएका शैक्षिक कार्यक्रम र विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत बढाइएको सिट खारेज गर्नुपर्ने, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

डा. केसीले बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरबाट सत्याग्रह सुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार साँझ इलाम अस्पताल भर्ना गरिएको हो।

तपाइको प्रतिक्रिया
डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण, ग्लुकोज दिन चिकित्सकको आग्रह
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, संघीय सरकारबाट पूर्ण सहयोग गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता
गलत काम गर्ने कोही उम्किँदैनन्: प्रधानमन्त्री बालेन शाह
मोरङको जहदाबाट खैरो हेरोइनसहित युवक पक्राउ
तिहारमा ठूलो वर्षाको सम्भावना कम
भद्रपुरबाट ५ लाख रुपैयाँभन्दा बढीका पटका बरामद
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको बाटो खुल्यो, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न आदेश
ताप्लेजुङमा १ लाख ९४ हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
सरकारलाई गगनको प्रश्न- छानबिन समितिका प्रतिवेदन खै ?
सुरुङ खनेर भागेका कैदी खोज्दै प्रहरी, सूचना दिन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.