ताप्लेजुङमा १ लाख ९४ हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार १५:५४

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट हालसम्म २११ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लामा वंशजका आधारमा नागरिकता लिनेको संख्या १ लाख ९४ हजार ७६९ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा पाँच थान नागरिकता जारी गरिएको छ । त्यस्तै, हालसम्म १४ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । यद्यपि, चालु आर्थिक वर्षको हालसम्म भने कसैले पनि गैरआवासीय नेपाली नागरिकता नलिएको कार्यालयले जनाएको छ ।

यसैबीच, प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाले असोज महिनामा ७६९ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरी अनलाइन प्रणालीमा प्रविष्ट गरिसकेको छ ।

कार्यालयका अनुसार हालसम्म २ हजार २२८ जनाले राष्ट्रिय परिचयपत्रको रुजु फाराम हराएको भन्दै खोजीका लागि आवेदन दिएका छन् । त्यस्तै, २१० जनाले राष्ट्रिय परिचयपत्रमा रहेको विवरण सच्याउन आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.