रात्रि बसमा महिलामाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १२:३९
 

काठमाडौं । काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश ०२-००१ ख १५६३ नम्बरको बसमा यात्रा गरिरहेकी महिलामाथि हातपात र दुर्व्यवहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार बिहीबार ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटैनाका २१ वर्षीय शमिर विष्ट र २४ वर्षीय अनिल नाथ छन् । त्यस्तै, भीमदत्त नगरपालिका-३ तिलकेनीका २१ वर्षीय जीवन बम पनि पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.