कार्की सर्वोच्चमा, रिट रोकियो

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १७:४०

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएपछि सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिएका दानबहादुर कार्कीले तत्काल न्यायिक प्रक्रियामा प्रवेश पाउन सकेनन् । उनले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता नभई अध्ययनका लागि प्रशासनमै रोकिएको छ ।

सरकारले बुधबार कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेपछि कार्की उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च प्रशासनले निवेदनको अध्ययन आवश्यक रहेको भन्दै तत्काल दर्ता गर्न अस्वीकार गरेको हो ।

कार्कीका तर्फबाट कानुनी प्रक्रिया अघि बढाइरहेका अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार प्रशासनले रिट अध्ययन गर्न समय लाग्ने जनाएको छ । त्यसैले बिहीबार निवेदन दर्ता हुन नसकेको उनले बताए ।

सरकारको निर्णयसँगै डा. केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । कार्कीको रिट शुक्रबारसम्म दर्ता भए पनि तिहारको बिदाका कारण त्यसको प्रारम्भिक सुनुवाइ भने बिदा सकिएपछि मात्रै हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.