सार्वजनिक सम्पत्ति डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १४:४६
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ

सुनसरी । सार्वजनिक सम्पत्ति डाँका मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गर्न बाँकी रहेका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का २८ वर्षीय नोयन कुमार चन्द्रवंशी रहेका छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार जिल्ला अदालत इनरुवाले २०८० फागुन २० गते सार्वजनिक सम्पत्ति डाँका मुद्दामा चन्द्रवंशीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो ।

अदालतको फैसला अनुसार उनले ७१४ दिन कैद भुक्तान गर्न बाँकी छ । फरार रहेका चन्द्रवंशीलाई खोजतलास गर्ने क्रममा आइतबार बिहान बराहक्षेत्र–९ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी चौकी प्रकाशपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ । राजवंशीलाई कैद सजाय भुक्तानका लागि करागार चलान गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.