शिवाकोटी र पत्रकार खड्काबीच सहमति, साइबर ब्युरोबाट फर्किए

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १७:५०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी पत्रकार रोशन खड्कासँग सहमति भएपछि साइबर ब्युरोबाट फर्किएका छन् ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर परेको उजुरीबारे छलफल गर्न आइतबार साइबर ब्युरो पुगेका शिवाकोटी र खड्काबीच अबदेखि अप्रमाणित सामग्री पोस्ट नगर्ने सहमति भएको हो । खड्काले आफूविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै शिवाकोटीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए ।

ब्युरोले दुवैलाई बोलाएर छलफल गराएको थियो । त्यसक्रममा शिवाकोटीले माफी मागेको छलफलमा सहभागी एक जनाले बताए । सहमतिअनुसार शिवाकोटीले पुरानो स्टाटस हटाएर सामाजिक सञ्जालबाटै माफी माग्ने छन् ।

प्रहरीको ताकेतापछि शिवाकोटी आइतबार साइबर ब्युरो पुगेका थिए । बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी समाचारबारे दिएको टिप्पणीलाई लिएर खड्काले उजुरी दिएपछि ब्युरोले शिवाकोटीलाई गत १९ कात्तिकमै उपस्थित हुन बोलाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.