चाडपर्वमा विद्युत् आपूर्ति व्यवस्थापनबारे मन्त्री श्रेष्ठले लिए जानकारी

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १९:१६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार र छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका तयारीबारे जानकारी लिएका छन् ।

मन्त्री श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमान्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा उनले चाडपर्वका बेला विद्युत्को माग र आपूर्तिको अवस्था, प्रणाली व्यवस्थापन तथा विद्युत् आपूर्ति नियमित र व्यवस्थित बनाउन भइरहेका तयारीबारे जानकारी लिएका थिए ।

सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन भइरहेका गतिविधिबारे जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.