गोरखाको धार्चेमा सुक्खा पहिरो, प्रहरी टोली घटनास्थलमा

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार ११:०६

गोरखा । धार्चे गाउँपालिका-१ यारू पुलनजिक बगरमा शनिबार बिहान ९ बजे सुक्खा पहिरो खसेको छ ।

उक्त क्षेत्रमा बाटो बन्द रहेकाले मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माले जानकारी दिए । पहिरोबारे थप विवरण बुझ्न प्रहरी टोली घटनास्थलमा पुगेको उनले बताए ।

पहिरो खस्दा केही ढुंगा र माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.