नेपाल संवत् नेपालीको साझा सम्पदा : सभामुख अर्याल

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार १३:२०

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भए पनि नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा भएको उनको भनाइ छ ।

“राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई प्रारम्भ गर्नुभएको नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् हो । यसले नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको छ । जनकल्याण, परोपकार र सामाजिक न्यायको भावना यस संवत्का विशिष्ट सन्देश हुन्,” उनले सन्देशमा भनेका छन् ।

नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको सभामुख अर्यालले बताएका छन् । यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानून निर्माण, नीतिगत बहस र सरकारको जवाफदेहितामार्फत संसद्मा प्राथमिकताका साथ सम्बोधन गरिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गर्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउन तथा विपद् र चुनौतीको सामना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सभामुख अर्यालले प्रभावित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया
भीमफेदी दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो
अस्ट्रेलियाबाट बाढीपहिरो पीडितलाई ६० हजार डलर सहयोग
यमनमा इन्धन पूर्वाधारमाथि हवाई हमला
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.