विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १९:४६

विराटनगर । विराटनगर महानगरपालिकामा २ हजार २५७ परिवार गरिब परिवारका रूपमा पहिचान भएका छन् । संघीय सरकारको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत पहिचान भएका यी परिवारलाई महानगरले अब सम्बन्धित वडा कार्यालयमार्फत परिचयपत्र वितरण गर्ने भएको छ ।

महानगरको तथ्यांकअनुसार पहिचान भएका परिवारमध्ये ४९८ अति गरिब, १ हजार ४२ मध्यम गरिब र ७१७ सामान्य गरिबको सूचीमा छन् । महानगरभित्र रहेका कुल ३८ हजार ६१९ घरपरिवारमध्ये करिब ५ दशमलव ८४ प्रतिशत परिवार गरिबीको सूचीमा परेको देखिएको छ ।

महानगरका १९ वटै वडामा पहिचान भएका परिवारलाई परिचयपत्र उपलब्ध गराउने तयारी गरिएको हो । यसका लागि महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीलाई परिचयपत्र हस्तान्तरण गरेका छन् । अब सम्बन्धित वडा कार्यालयबाट लाभग्राही परिवारले परिचयपत्र प्राप्त गर्नेछन् ।

महानगर प्रमुख कोइरालाले गरिब परिवारको पहिचान र परिचयपत्र वितरणलाई राज्यबाट प्राप्त हुने सुविधा वास्तविक लाभग्राहीसम्म पुर्‍याउने आधारका रूपमा व्याख्या गरेका छन् । परिचयपत्र प्राप्त परिवारको आर्थिक तथा सामाजिक अवस्था र आवश्यकताका आधारमा लक्षित कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।

उनले गरिब परिवारको पहिचानलाई परिचयपत्र वितरणमा मात्र सीमित नराखी उनीहरूको जीवनस्तर सुधारसँग जोड्नुपर्ने बताए । संघीय सरकारको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी वास्तविक लाभग्राहीले राज्यबाट पाउनुपर्ने सुविधा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले वडा कार्यालयमार्फत परिचयपत्र वितरण गर्दा लाभग्राहीको विवरण प्रमाणीकरण र अभिलेख व्यवस्थापन सहज हुने बताए । वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउँदै परिचयपत्र प्राप्त परिवारलाई राज्यका लक्षित सेवा तथा सुविधासँग जोड्नुपर्ने उनले बताए ।

नेपाल सरकारले आर्थिक रूपमा कमजोर परिवारको पहिचान गरी उनीहरूलाई विभिन्न सेवा, सुविधा र सहुलियतमा प्राथमिकता दिने उद्देश्यले २०७५ सालदेखि गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.