दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १९:२३

झापा । दोस्रो झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । मंसिर ५ गते शनिबारदेखि १२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी हुँदैछन् ।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले सबै तयारी पूरा भएको जानकारी दिए । पहिलो संस्करण ऐतिहासिक रूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाइएको बताए ।

प्रतियोगिताका लागि दुधे रंगशालामा १२ हजार दर्शक क्षमताको आल्मुनियम र बाँसको प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ । अध्यक्ष थोप्राका अनुसार प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको हितमा खर्च गरिनेछ । फरक क्षमता भएका व्यक्ति र १० वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । उद्घाटन खेल हेर्न स्थानीय सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका विद्यार्थीलाई पनि निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनमा करिब एक करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उद्घाटन खेलमा आयोजक झापा ११ र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका तीन विभागीय टोली एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका साथै झापा ११, आरएस पोखरा फुटबल क्लब र बागमती युथ क्लब सहभागी हुनेछन् । त्यसैगरी भुटानको थिम्पु राभेन वुमन एफसी र भारतको एभिएफसीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.