सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १२:५५

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।

सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना र दोस्रोमा थप १० जना लडाकु मारिएका हुन् ।

कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रयस्थल ध्वस्त पारिएको तथा घटनास्थलबाट ठूलो परिमाणमा हतियार र गोलीगठ्ठा बरामद गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

पाकिस्तानी सुरक्षा बलले मस्तुङ जिल्लाका छुट्टाछुट्टै स्थानमा यी कारबाही सञ्चालन गरेका थिए । यद्यपि, मारिएका लडाकुको पहिचान र उनीहरू कुन समूहसँग सम्बन्धित थिए भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको बलुचिस्तानमा लामो समयदेखि विद्रोही समूहका गतिविधि हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.