
काठमाडौं । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
हाल देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, बुधबार देशको हिमाली भूभागका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

























