आफ्नै खोजमा

Share this
659shares
मुलुकी खबर
दीपेन्द्र अधिकारी
clock२०८३ मंसिर १२, शनिबार ०९:४९

हो, उड्न त सक्छौ,
तर उडेर कहाँ पुग्ने?
सुरक्षित गन्तव्य नै छैन ।

यो चरा पखेटाले उड्छ,
म भने सधैँ मनले उड्छु ।
तर हामी स्वतन्त्र भने कहिल्यै छैनौँ ।

हामीसँग अस्तित्व छ, पहिचान पनि त छ,
जीवनलाई निरन्तरता दिने जिम्मेवारी छ ।
माया–प्रेम छ, समर्पण छ,
त्याग र बलिदान पनि छ ।
तर मन लाग्दैमा मनपरी गर्न कहाँ सकिन्छ र !

कहिलेकाहीँ मन बहलाउन
यसरी नै टोलाउने गर्छौँ ।
हुन सक्छ,
यो पनि हाम्रो मिल्दोजुल्दो कर्म हो–
आ–आफ्नै खोजमा,
एउटै नदीकिनारमा उभिएका हामी ।

यसरी यो चरालाई माछा मिल्ला,
मलाई तनावबाट केहीबेर छुटकारा ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.