
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा झापा–५ बाट भारी मतान्तरले विजयी भएका शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को प्रावधानअनुसार सोमबार निर्वाचन कार्यालय झापामा उक्त विवरण पेस गरेका हुन्। उनले बुझाएको विवरणमा विभिन्न शीर्षकमा गरी कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ।
खर्चको विवरणअनुसार सबैभन्दा बढी रकम वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै, निर्वाचनका क्रममा प्रयोग गरिएका दुईवटा सवारी साधनको भाडा र इन्धनबापत दुई लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको विवरणमा देखाइएको छ।

























