
काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार माइतीघरमा प्रदर्शन गरिएको छ। जेनजी अलायन्सका अभियन्ताहरूले सरकारलाई प्रतिवेदन लुकाएको आरोप लगाउँदै खबरदारी सभा आयोजना गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ?’ भन्दै प्रश्न गरेका छन्। सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आन्दोलनमा भएको दमन र घटनाको सत्यतथ्य पत्ता लगाउन जाँचबुझ आयोग गठन गरेको थियो।
उक्त आयोगले आफ्नो अध्ययन पूरा गरी गत फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि सरकारले त्यसलाई सार्वजनिक नगरेपछि अभियन्ताहरू सडकमा उत्रिएका हुन्। उनीहरूले तत्काल प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
























