
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज (बिहीबार) पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ जारी छ । तर, रिटको सुनुवाइ पूर्ण रूपमा नसकिएकाले यसलाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
यसअघि, न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले मुद्दालाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिइसकेको थियो । मुद्दा फिर्ता गर्ने निर्णय महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेकी थिइन् । यस निर्णयविरुद्ध रवि लामिछानेका वकिलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
मुद्दा फिर्ता गर्ने निर्णय प्रक्रियागत र कानुनी आधारमा उचित नभएको र यसले सार्वजनिक हितमा प्रतिकूल असर पार्ने दाबी रिटमा गरिएको छ । यस विषयमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरिरहेको छ । ।
सुनुवाइका लागि लामिछाने तथा विपक्षीका कानुन व्यवसायी उपस्थित हुने छन् । अब हुने सुनुवाइको निष्कर्षले मुद्दाको आगामी प्रक्रियामा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ ।
























