प्रहरीको नियन्त्रणमा रहेको टिपर ।विराटनगर । मोरङको सुन्दरहरैँचामा बिहीबार बिहान टिपरसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ मा बाँसबारीमा बिहान १०ः३० बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा सुन्दरहरैँचा–४ का सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको छ ।
स्कुटरको पछाडि सवार रहेका काफ्ले दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।
उनका अनुसार दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षणमै उपचार भइरहेको छ ।
बालुवा लोड गरिएको टिपर र चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यलय बेलबारीका वरिष्ठ सई डम्बर थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
यसअघि प्रकाशित समाचारमा मृतकको नाम मौसम काफ्ले हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । स.
























