मनमोहनमा एलएलएमका विद्यार्थीलाई पुरस्कार र स्वागत   

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ७, शनिबार १९:३८
मनमोहनमा एलएलएमका विद्यार्थीलाई पुरस्कार र स्वागत   

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएमका पुराना विद्यार्थीहरूलाई पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखीकरणसहितको स्वागत गरेको छ ।

विश्वविद्यालयको ‘मनमोहन इन्स्टिच्युट अफ ल’ ले शनिवार अपराध शास्त्रमा एलएलएमका पहिलो समूहका उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखीकरणसहितको स्वागत गरेको हो ।

विराटनगरमा भएको कार्यक्रममा बोल्दै विश्वविद्यालयको ‘स्कुल अफ एप्लाइड  साइन्स टेक्नोलोजी अफ ल’ का डिन डा. रेखा श्रेष्ठले पाठ्यक्रम अनुसार गुणस्तरीय पढाइ र समयमै परीक्षा र परीक्षाफल प्रकाशनका लागि विश्वविद्यालयले कुनै सम्झौता नगर्ने बताइन् । उनले कानुनमा विशेषज्ञता हासिल गर्ने विद्यार्थीलाई उत्तीर्ण हुनका लागि मात्र नभएर अनुसन्धानमा पनि जोड दिन आग्रह गरिन् ।

मनमोहन इन्स्टिच्युट अफ ल का प्राचार्य कोषराज न्यौपानेले गुणस्तरीय पढाइमा जोड दिएकै कारण पहिलो र दोस्रो चरणमै कानुन पढ्ने विद्यार्थीहरूको आकर्षण उच्च भएको बताए । उनले मनमोहनले कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग पनि सहकार्य गरिरहेको जानकारी गराए । प्राचार्य न्यौपानेका अनुसार मनमोहन कानुन विश्वविद्यालयले केही वर्षभित्रै कानुनमा पिएचडी तहको पठनपाठन सञ्चालन गराउने सोच बनाइरहेको छ ।

कलेजका शिक्षक तथा अपराध शास्त्री केशवराज पन्तले मनमोहनमा कानुनमा एलएलएम अध्ययन गर्ने पहिलो समूहका विद्यार्थीहरूको पढाइको गुणस्तर आफूले सोचेभन्दा राम्रो पाएको बताए ।
पहिलो समेष्टरका उत्कृष्ट विद्यार्थीहरू रामसुफल सदा र राजेश तिम्सिनाले मनमोहन विश्वविद्यालयको पढाइसँगै परीक्षा प्रणालीको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा अपराध कानुनमा एलएलएममा भर्ना भएका ३० जना विद्यार्थीहरूलाई स्वागत गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम, परीक्षा र व्यवस्थापन प्रणालीबारे अभिमुखीकरण गराइएको थियो ।

साथै एलएलएम पहिलो समूहका प्रथम सेमेस्टरबाट रामसुफल सदा प्रथम, लवराज घिमिरे द्वितीय र राजेश तिम्सिना तृतीय भए । उनीहरूले जनही ४८ हजार र जेहेन्ददार विद्यार्थी संजयकुमार यादवलाई कलेजका प्राचार्यको तर्फबाट नगद ११ हजार गिफ्ट ब्याक स्कलरसिप पुरस्कृत गरिएको थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालयको ‘स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी अफ ल’  अन्तर्गतको मनमोहन इन्स्टिच्युट अफ ल ले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×