‘इरानविरुद्धको सैन्य अभियान अझै जारी’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार ०८:५१

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्धको सैन्य अभियान समाप्त नभएको स्पष्ट गरेका छन् ।

लेबनानसँग शान्ति वार्ताका लागि आफ्नो तर्फबाट स्वीकृति दिएपछि जारी गरिएको सन्देशमा उनले इरानसँगको द्वन्द्व अझै जारी रहेको र यसमा अझै धेरै काम बाँकी रहेको बताएका हुन् । उनका अनुसार इजरायलले सञ्चालन गरेको सैन्य अभियानले इरानको आणविक कार्यक्रमलाई कमजोर पार्ने लगायतका महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ ।

Advertisement

तर, ती उपलब्धिहरू पर्याप्त र लक्ष्य पूर्ण रूपमा पूरा नभएको उनको भनाइ छ । नेतान्याहुले इरानमा अझै पनि संवर्द्धित आणविक सामग्री बाँकी रहेको दाबी गर्दै त्यसलाई कुनै पनि हालतमा हटाउनुपर्ने आवश्यकता औँल्याए ।

अमेरिका र इरानबीच पाकिस्तानमा शान्ति वार्ता तीव्र रूपमा अघि बढिरहेको समयमा नेतान्याहुको यस्तो टिप्पणी सार्वजनिक भएको हो । मध्यपूर्वको बदलिँदो राजनीतिक परिस्थितिबीच इजरायलले आफ्नो सुरक्षा र रणनीतिक हितलाई प्राथमिकतामा राखेर कदम चालिरहेको उनको भनाइ छ ।

सम्बोधनका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई समेत उद्धृत गर्दै इरानमा बाँकी रहेको आणविक सामग्रीलाई हटाउन अन्तर्राष्ट्रिय समुदायले कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् । यसले क्षेत्रीय तनाव अझै लम्बिन सक्ने संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.