आवासीय भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ११:४१

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको एउटा आवासीय भवनमा आगलागी हुँदा जलेर कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा परेर केही घाइते भएका छन् ।

विवेक विहारमा आइतबार बिहान एक चारतले आवासीय भवनमा आगलागी भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । आगलागीमा फसेका १५ जनाभन्दा बढीको उद्धार गरिएको नगर काउन्सिलरले जनाएको छ ।

Advertisement

शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले बिहान ४ बजेतिर आगलागीको जानकारी आएको र घटनास्थलबाट ९ जनाको शव निकालिएको बताए । घटनाको जानकारी आउनसाथ दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.