साउदीको रोकपछि ट्रम्प पछि हटे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार ०६:२२

एजेन्सी । इरानविरुद्ध सैन्य दबाब बढाउँदै हर्मुज जलमार्ग खुलाउने अभियान थालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः आफ्नै साझेदार मुलुकको असहमतिपछि पछि हट्न बाध्य भएका छन् ।

साउदी अरबले आफ्नो सैन्य अखडाबाट अमेरिकी युद्धविमान उडाउन अनुमति नदिएपछि अमेरिकाले सुरु गरेको सैन्य कारबाही ३६ घण्टामै रोकिएको हो । इरानमाथि दबाब बढाउन अमेरिकाले पश्चिम एसियामा करिब ५० हजार सैनिक, विमानवाहक युद्धपोत, विध्वंसक जहाज र लडाकु विमान परिचालन गरेको थियो ।

Advertisement

ट्रम्पले इरानको क्षेप्यास्त्र उद्योग ध्वस्त पार्ने घोषणा गर्दै सुरु गरेको अभियान युद्धविरामपछि पनि पूर्ण रूपमा अन्त्य भएको छैन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सैन्य अभियान समाप्त भएको बताएका छन् ।

तर, ट्रम्पले इरानले सहमति पालना नगरे पुनः बमबारी सुरु हुने चेतावनी दिएका छन् । अमेरिकाले इरानलाई १४ बुँदे प्रस्ताव पठाएको र त्यसको जवाफ पाकिस्तानमार्फत आउने बताइएको छ ।

यसैबीच अमेरिकी नौसेनाले इरानी बन्दरगाह वरिपरि निगरानी र नाकाबन्दी जारी राखेको छ । हर्मुज क्षेत्रमा तनाव कायम रहेकाले युद्ध फेरि भड्किने सम्भावना टरेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.