
एजेन्सी । भारतीय जनता पार्टी (भाजपा)का नेता शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री बनेका छन् । उनले शनिबार आयोजित विशेष समारोहमा बंगाली भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहणपछि अधिकारीले मञ्चमै पुगेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पाउ छोएर आशीर्वाद लिएको दृश्य पनि देखिएको थियो । उक्त घटनाले समारोहमा उपस्थित नेता तथा सहभागीहरूको ध्यान आकर्षित गरेको थियो ।
अधिकारीसँगै पाँच जना अन्य मन्त्रीहरूले पनि शपथ लिएका छन् । कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहसहित भारतीय जनता पार्टीका विभिन्न राज्यका मुख्यमन्त्री तथा वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो ।
पश्चिम बंगालको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका अधिकारी मुख्यमन्त्री बनेसँगै राज्यको राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



















