युद्ध रोक्न इरानको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार ०६:४४

एजेन्सी । इरानले मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन र विदेशमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्न अमेरिकासँग माग गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरानले कुनै विशेष छुट नभई आफ्नो वैधानिक अधिकार मात्र खोजेको बताएका छन् । उनका अनुसार वर्षौंदेखि विदेशी बैंकमा रोकिएको इरानी जनताको सम्पत्ति तत्काल फुकुवा हुनुपर्छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानको प्रस्ताव अस्वीकार गरिएको बताएका छन् । इरानले खाडी क्षेत्रमा युरोपेली देशहरूलाई थप तनाव निम्त्याउने गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । बकाईले ‘स्ट्रेट अफ होर्मुज’मा कुनै पनि हस्तक्षेपले अवस्था झन् जटिल बन्ने बताएका छन् ।

बेलायत र फ्रान्सले उक्त जलमार्ग सुरक्षित गर्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयास गरिरहेका छन् । तर, अमेरिका–इरानबीच शान्ति सम्झौता भएपछि मात्रै त्यो सम्भव हुने बताइएको छ ।

इरानले खाडी क्षेत्रमा देखिएको सम्पूर्ण अस्थिरताका लागि अमेरिकी उपस्थितिलाई दोष दिएको छ । साथै, खार्ग टापु नजिक तेल चुहावट भएको दाबीलाई अस्वीकार गर्दै तेहरानले वातावरणीय क्षतिप्रति आफू गम्भीर रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
पार्टी एकताका नाममा विराटनगरमा कांग्रेसको गुट भेला
विश्वकप लिग २ : स्कटल्याण्डसँग २ रनले हार्याे नेपाल
मलाई हटाउने निर्णय मुर्खतापूर्ण : सिटौला
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.