कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १७:४५

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका चिकित्सकहरू सरकारी सेवाभन्दा निजी क्लिनिकमा बढी केन्द्रित भएको जनगुनासो आएपछि बुधबार जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्पतालको अवस्था अत्यन्तै लथालिङ्ग र भद्रगोल पाइएको छ।

बुधबार बिहान ११ बजेतिर सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा गएको अनुगमन टोली अस्पताल पुग्दा कर्मचारी र चिकित्सकहरू ‘सरसफाई सप्ताह’ मनाउन बाहिर व्यस्त थिए। प्रशासनको टोली आएको सूचना पाएपछि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राम नारायण चौधरी हतार-हतार आफ्नो कार्यकक्षमा पुगेका थिए। बाहिर सरसफाई चलिरहँदा अस्पतालको भित्री सेवा र प्रशासनिक अवस्था भने अन्धकारमय भेटिएको छ।

Advertisement

टोलीले हाजिरी माग गर्दा ७ सयभन्दा बढी कर्मचारीमध्ये १३७ जना कार्यस्थलमा अनुपस्थित भेटिएका छन्। झन् उदेकलाग्दो कुरा, हाजिरी रजिस्टरमा हाजिर भएका धेरै चिकित्सकहरू आफ्नो कार्यकक्षमा थिएनन्। उनीहरू कहाँ छन् भन्ने जानकारी न त मेसुसँग थियो, न विभागीय प्रमुखसँग नै। कुन चिकित्सक कुन समयमा आए र हाल कहाँ छन् भन्ने न्यूनतम तथ्याङ्कसमेत अस्पताल प्रशासनले उपलब्ध गराउन सकेन।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले अस्पतालको प्रशासनिक पक्ष निकै कमजोर र गैरजिम्मेवार देखिएको बताए। उनले हाजिर गरेर डाक्टरहरू गायब हुने प्रवृत्तिलाई गम्भीर लापरवाहीको रूपमा लिएका छन्। यता मेसु डा. चौधरीले भने प्रशासनको भनाइलाई अस्वीकार गर्दै अस्पतालमा सुधार हुँदै गएको दाबी गरे। प्रशासनले अनुपस्थित कर्मचारी र कार्यस्थलमा नभेटिएका चिकित्सकहरूमाथि थप छानबिन गरी कारबाही गर्ने चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.