विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १७:४८

विराटनगर । विराटनगरबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले विराटनगर महानगरपालिका–३ स्थित भाडामा बसेको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीले उनीहरूको कोठाबाट प्रतिबन्धित औषधि ट्रामोल ३ हजार ९ सय ९० पिस र डाइसाइक्लोमाइन ३ हजार ९ सय ७० पिस गरी जम्मा ७ हजार ९ सय ६० पिस बरामद गरेको छ। साथै, लागु औषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम ७५ मिलिग्राम समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी डिएसपी लिलाराज लामिछानेले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×