एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १७:४२

विराटनगर। विराटनगर-५ स्थित एभरेष्ट कलेजले आगामी जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिने भएको छ। २०८२ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले विज्ञान र व्यवस्थापन संकायमा भर्ना खुला गरेको हो।

सिमित सिटमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एभरेष्टले यस वर्ष दुवै संकायमा गरी कुल २ सय १० जना विद्यार्थीलाई मात्र भर्ना गर्ने जनाएको छ। कलेजका अनुसार विज्ञान संकायमा १४० र व्यवस्थापन संकायमा ७० जनाको कोटा निर्धारण गरिएको छ। एउटा कक्षा कोठामा ३५ जना विद्यार्थी मात्र राखेर अध्यापन गराउने नीति अनुसार दुवै संकायको प्रवेश परीक्षा जेठ ४ गते बिहान ११ बजेदेखि सुरु हुने भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए।

कोशी प्रदेशकै सुविधासम्पन्न कलेजका रूपमा स्थापित एभरेष्टले संख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिँदै आएको छ। यस वर्षको एसईईमा एभरेष्टले उत्कृष्ट नतिजा हासिल गरेको छ। परीक्षामा सहभागी १९३ जना विद्यार्थीमध्ये १७६ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् भने १७ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन्।

एसईईको नतिजाबाट उत्साहित हुँदै प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट आफैँमा एउटा स्थापित ब्राण्ड भएको र विद्यार्थीको सिकाइमा समानता कायम गर्ने बताए। उनले एभरेष्टका विद्यार्थी २४ क्यारेट सुन जस्तै भएको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि नतिजा र गुणस्तरमा प्रभाव नपर्ने दाबी गरे।

एभरेष्टले पछिल्लो समय बेलायतको एनसीसी कोर्ष लागू गरेर अन्तर्राष्ट्रियस्तरको शिक्षा विराटनगरबाटै प्रदान गर्दै आएको छ। कलेजले भौतिक पूर्वाधारमा समेत लगानी बढाउँदै हरेक कक्षा कोठालाई वातानुकुलित बनाएको छ भने प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकता दिँदै आएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×