विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १८:०४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यहरूमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौँ महानगरपालिका–१५ की अंशुकिरण शाही र उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका–५ का कृष्ण बसेल रहेका छन् । प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ दलित समुदायको प्रतिनिधित्व सम्भवतः पहिलोपटक भएको हो ।

Advertisement

त्यस्तै, प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले निमित्त कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको छ । २०५४ सालमा सेवा प्रवेश गरेका श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय छन् ।

काठमाडौँ महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । नवनियुक्त सञ्चालक सदस्य र कामु कार्यकारी निर्देशक श्रेष्ठलाई मन्त्री श्रेष्ठले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.