५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १७:५१

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका ५ हजार २ सय ६५ जना सार्वजनिक पदधारीहरूले तोकिएको समयभित्र विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन’ अनुसार कुल ७ लाख ७२ हजारभन्दा बढी कर्मचारी र पदाधिकारीमध्ये ९९.३२ प्रतिशतले मात्र विवरण बुझाएका हुन्।

केन्द्रका सचिव सुरजकुमार वैद्यले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष उक्त प्रतिवेदन पेस गरेका छन्। २९८ पृष्ठ लामो प्रतिवेदनका अनुसार संघीय तहका ५,२७० जना, प्रदेश तहका ४५८ जना र स्थानीय तहका ३७७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। तीन तहमध्ये प्रदेश तहमा विवरण नबुझाउनेको संख्या सबैभन्दा बढी अर्थात् १.९४ प्रतिशत देखिएको छ।

Advertisement

प्रतिवेदन बुझ्दै प्रमुख आयुक्त राईले सम्पत्ति विवरण नबुझाउनेहरूका सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्ने र यसलाई कार्यसम्पादन मूल्यांकनसँग आवद्ध गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो सम्पत्तिको अद्यावधिक विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

विगतका वर्षहरूको तुलनामा विवरण नबुझाउनेको संख्या घट्दो क्रममा रहे तापनि तोकिएको म्याद नाघ्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि आयोगले आवश्यक कदम चाल्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.