अरनिको कलेजमा विज्ञान पढ्ने विद्यार्थीको तीव्र आकर्षण 

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार १९:४५
अरनिको कलेजमा विज्ञान पढ्ने विद्यार्थीको तीव्र आकर्षण 

विराटनगर । विज्ञान संकायको पठनपाठनमा कोसी प्रदेशकै अग्रणी शैक्षिक संस्थाको पहिचान बनाएको विराटनगरस्थित अरनिको कलेजमा विद्यार्थीको आकर्षण निकै उत्साहजनक देखिएको छ । कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूको चाप बढेको छ । विद्यार्थी भर्नामा उपलब्ध कोटाभन्दा दोब्बर बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

कलेजले शनिबार लिएको कक्षा ११ को प्रवेश परीक्षामा २ हजार ४ सय ७७ जना विद्यार्थी सहभागी भएका छन् । कलेज प्रशासनका अनुसार कुल २ हजार ७ सय विद्यार्थीले आवेदन फारम भरेका थिए । यस वर्ष अरनिको कलेजले कक्षा ११ (विज्ञान संकाय) का लागि बिहान र दिउँसो गरी दुई सिफ्टमा जम्मा १ हजार १ सय कोटा निर्धारण गरेको छ । ‘हाम्रो क्षमताभन्दा दोब्बर बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन्, प्रिन्सिपल राजेश कार्कीले भने, ‘सीमित सिटका कारण प्रतिस्पर्धा निकै कडा देखिएको छ ।’

Advertisement

विगत लामो समयदेखि विज्ञान शिक्षामा विशेषज्ञता हासिल गरेको यस कलेजको नतिजा नै यसको मुख्य आकर्षणको केन्द्र हो । यहाँका विद्यार्थीहरूले हरेक वर्ष चिकित्सा (मेडिकल) र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाहरूमा देशैभर उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् ।

प्रिन्सिपल कार्कीले थपे, ‘हाम्रा विद्यार्थीहरूले बर्सेनि ठुलो संख्यामा मेडिकल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भइरहेका छन् । यही गुणस्तरीय नतिजा, अनुभवी शिक्षक र उत्कृष्ट शैक्षिक वातावरणकै कारण अभिभावक र विद्यार्थीको अटुट विश्वास आर्जन गर्न सफल भएका हौँ ।’

विद्यार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै कलेजले भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा समेत विशेष लगानी गरेको जनाएको छ । आधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा र दक्ष प्राध्यापकहरूको समूह नै कलेजको बलियो खम्बा रहेको प्रशासनको दाबी छ ।

शनिबार सम्पन्न प्रवेश परीक्षाको नतिजा र भर्ना प्रक्रियाका बारेमा कलेजले छिट्टै जानकारी गराउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×