इरान–इजरायल तनाव फेरि चर्कियो, मध्य इरानमा हवाई आक्रमण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १०:०८

एजेन्सी । इजरायलले इरानका विभिन्न क्षेत्रमा पुनः हवाई आक्रमण गरेको छ । इजरायली सेनाले पश्चिमी र मध्य इरानका सैन्य अड्डालाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ । इरानले आइतबार इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इरानमा आक्रमण गरिएको इजरायलको भनाइ छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरान, तबरीज र इस्फहानसहितका सहरमा लगातार विस्फोटका आवाज सुनिएका छन् । कराज सहर नजिक पनि विस्फोट भएको छ । घटनापछि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अर्को आदेश नभएसम्मका लागि रोकिएका छन् ।

Advertisement

यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले पछिल्ला घटनालाई ‘निरन्तर आक्रमणको सुरुवात’ भन्दै कडा चेतावनी दिएको छ । इजरायलले आक्रमण दोहोर्‍याए त्यसको जवाफ अझ ठूलो स्तरमा दिने र यसमा क्षेत्रका अमेरिकी तथा इजरायली अड्डाहरू पनि लक्ष्य बन्न सक्ने चेतावनी इरानले दिएको हो ।

इरानले अमेरिका र इजरायलले युद्धविराम सम्झौता पालना नगरेको आरोपसमेत लगाएको छ । अप्रिलको सुरुवातमा लागू भएको भनिएको युद्धविराम बारम्बार उल्लंघन भइरहेको दुवै पक्षको आरोप प्रत्यारोपबीच तनाव थप बढेको छ ।

यसैबीच, लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणपछि इरानमा सरकार समर्थक प्रदर्शनहरू पनि भएका छन् । प्रदर्शनकारीहरूले इरान र हिज्बुल्लाहको झण्डा बोकेर सडकमा प्रदर्शन गरेका छन् । क्षेत्रीय तनाव निरन्तर बढ्दै जाँदा इरान–इजरायल सम्बन्ध थप जटिल बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्ज घटनाको विरोधमा आगजनी र तोडफोड, आधा दर्जन बढी पसलमा क्षति
कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
कप्तानगन्ज घटनापछि तीन पालिकाको शोक, बिदा र सद्भावको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×