
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । पछिल्लो केही दिनदेखि सुनचाँदीको मूल्यमा घट्दै आएको हाे।
सुनको मूल्य बिहीबार प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको छ । घटेसँगै सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको ९० रुपैयाँले घटेको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ कायम महासंघले जनाएको छ । चाँदी बुधबार ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

























