अधिकारी सुनचाँदी पसलमा ठगी, मिलाउने जिम्मा लिएका भूमी आयाेग पूर्वअध्यक्षसँग प्रशासनले लियाे बयान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १२:५५
सुनचाँदी पसलले जारी गरेकाे पासबुक र नविन पाैडेल

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नविन पौडेल पनि जोडिएका छन् । ठगी प्रकरणमा जोडिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनीसँग दुई घण्टा बयान लिएको छ ।

रमाइलो बजारमा रहेको अधिकारी सुनचाँदी पसलले २५० भन्दा बढी सर्वसाधारणका १२ करोड बढी रकम हिनामिना गरेको छ । पसलका संचालक होमनाथ अधिकारी र उनका छोरा मनोज अधिकारीलगायतको परिवारले नै मिलेर बचत रकम फिर्ता नगरी भागेका छन् ।

Advertisement

कानेपोखरी– ७ की विष्णुमाया गिरीले सुनचाँदी व्यवसायी होमनाथ अधिकारी, श्रीमती बाटुलादेवी अधिकारी, जेठो छोरा ध्रुव अधिकारी, छोरा मनोज अधिकारी, बुहारीहरु ममता कार्की अधिकारी र स्मीता ओझा अधिकारीसमेतलाई विपक्षी बनाउँदै जेठ ७ गते किटानी निवेदन दिएकी थिइन् । गिरीले आफ्नो २९ लाख १७ हजार रुपैयाँ अधिकारी सुनचाँदी पसलले ठगेको उजुरीमा उल्लेख गरेकी छिन् ।

सोही निवेदनको आधारमा बाटुलीदेवी अधिकारीलाई बयान लिँदा सबै हिसाव मिलाउने जिम्मा नविन पौडेलले लिएको बयान बताएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विचौलीयाको भूमिका खेलेको भन्दै पौडेलको बयान लिएको हो ।

पौडेलले पनि गाउँकै केस भएका कारण मिलापत्र गराउने जिम्मा लिएको स्वीकार गरेका छन् । तर, सहमति हुन नसकेको उनको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले पौडेलले विचौलियाको भूमिका खेलेर पीडितहरुलाई झुलाउने प्रयास गरेको आशङ्का गरेको छ ।

‘ठगीमा संलग्न परिवारको आफन्त पनि होइन । बचतकर्ता पनि होइन, जनप्रतिनिधि पनि होइन,’ सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने,’कुनै नियामक निकायको व्यक्ति पनि नभएको हिसावले नविन पौडेलले के आधारमा ठगीको मुद्दा मिलाउन सक्छन् भन्ने प्रश्न उठेपछि हामीले बयान लिएका हौं ।’

कोइरालाका अनुसार पौडेललाई घटना नमिलेसम्म जिल्ला प्रशासन कार्यालयले बोलाएको बेला उपस्थित हुने शर्तमा छोडेको छ ।

तपाइको प्रतिक्रिया
उपराष्ट्रपति यादव र कोशीका प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
विराटनगरमा ‘सीप उत्सव २०८३’ हुँदै 
विराटनगरकाे ट्राफिक चाेकबाट ११९ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ
रास्वपा प्रदेश सभापतिमा राई निर्वाचित
रास्वपा नेतृ तामाङकाे स्टाटस : ‘आजबाट राजनीतिक बिट मारे’
बर्दियामा नक्कली सरकारी कार्यालय, श्रीमानश्रीमती पक्राउ
अधिकारी सुनचाँदी पसलमा ठगी, मिलाउने जिम्मा लिएका भूमी आयाेग पूर्वअध्यक्षसँग प्रशासनले लियाे बयान
रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशन विपरीत प्यानल बन्यो, आज मतगणना
  सुनको मूल्य घट्यो 
बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्दै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.