
विराटनगर । विराटनगर महानगरपालिका– ९ स्थित ट्राफिक चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा पुगेकाे लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले ११९ ग्राम खैरो हिरोइनसहित भारतको अररिया जिल्ला, जोगबनी–१० टिकुलिया बस्ती बस्ने १९ वर्षीय इरफान खान र विराटनगर महानगरपालिका १७ का १९ वर्षीय इफ्रिद मियाँलाई पक्राउ गरेकाे हाे ।
खानकाे साथबाट ११९ ग्राम खैरो हिरोइन बरामद भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुले प्रयाेग गर्ने बीर ३८ एयस ६५९८ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्त्रणमा लिएकाे छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

























