ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १०:३२
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 

ताप्लेजुङ । नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला ताप्लेजुङमा आगामी असार १२ र १३ गते प्रदेशस्तरीय ‘अलैँची महोत्सव’ आयोजना हुने भएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङ्पाङमा दुई दिने महोत्सव हुन लागेको हो ।

अलैँचीको व्यावसायिक प्रवर्द्धन र बजार विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवलाई आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङले आर्थिक सहयोग गरेको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङका अनुसार महोत्सवमा अलैँचीका बोटबिरुवा, फल र अलैँचीबाट निर्मित विभिन्न खाद्य पदार्थ तथा वस्तुहरूको प्रदर्शनी हुनेछ । आधुनिक अलैँची खेतीबारे किसान कार्यशाला, खरिदकर्ता र बिक्रेताबीच व्यावसायिक अन्तरक्रिया तथा विज्ञ टोलीसँग बजार विस्तारबारे छलफल, स्थानीय उत्कृष्ट तथा सुधार आवश्यक रहेका अलैँची बगानहरूको स्थलगत अवलोकन, सफल अलैँची किसानहरूलाई सम्मान, साथै अलैँची प्रवर्द्धनमा आधारित खुला कविता प्रतियोगिता, लोक दोहोरी र सांस्कृतिक कार्यक्रमहरू हुने आयोजकले जनाएको छ ।

नेपालमा उत्पादन हुने कुल अलैँचीको करिब ४७ प्रतिशत हिस्सा ताप्लेजुङले मात्रै ओगट्ने गर्दछ । जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये ओलाङ्चुङगोला बाहेक सबै वडामा यसको व्यावसायिक खेती हुने गरेको छ । ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँचीको ब्रान्डिङ र किसानलाई आधुनिक प्रविधिसँग जोड्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×