
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा तथा युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०९ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३० पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २३ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा कायम एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८९ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ७९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।



















