विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १८:०८

रंगेली । मोरङको सुनवर्षी नगरपालिका–५ नवाबगञ्जस्थित जनता आधारभूत विद्यालयमा लक्ष्मी सनराइज बैंक लिमिटेडको रंगेली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकले विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यसहित कम्प्युटर उपलब्ध गराएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुनवर्षी–५ का वडाध्यक्ष युगेश्वरप्रसाद ठाकुरले शिक्षा क्षेत्रको विकास नै समग्र समाजको विकासको आधार भएको उल्लेख गर्दै विद्यालयको भौतिक तथा प्राविधिक पूर्वाधार सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । विद्यालय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन तथा विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद साहले बैंकबाट प्राप्त कम्प्युटरले विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित, आकर्षक र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उनले प्राप्त कम्प्युटरले विद्यार्थीको सूचना तथा प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

स्थानीय समाजसेवी कमलेश्वर ठाकुरले विद्यालयको समग्र विकासमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता सहयोगमूलक कार्यक्रमले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए । विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि सबै सरोकारवाला पक्ष एकजुट भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयमा भौतिक संरचनासँगै सूचना प्रविधिको पहुँच विस्तार हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै प्राप्त सहयोगको सदुपयोग गरी विद्यालयको शैक्षिक गुणस्तर थप उकास्न प्रतिबद्ध रहने बताएका छन् । कार्यक्रममा बैंकको रंगेली शाखाका प्रमुख प्रमोदहरि पोखरेल, कर्मचारी सुमन कटुवाल, समाजसेवी कमलेश्वर ठाकुर, प्रदीपकुमार यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

विद्यालयमा प्रविधिमैत्री शिक्षाको वातावरण निर्माण गर्ने उद्देश्यले गरिएको सहयोगले विद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान हासिल गर्न थप सहज हुने छ ।

तपाइको प्रतिक्रिया
 विराटनगरको एभरेस्ट कलेजमा केयूको बीआईटी सुरु
विराटनगरको एभरेस्ट कलेजमा केयूको बीआईटी सुरु
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.