
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको निर्धारित विनिमयदर सार्वजनिक गरेको छ ।
विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा तथा युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैर्सा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पैसा र बिक्रीदर १०६ रुपैयाँ ३२ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १५ पैसा र बिक्रीदर ४० रुपैयाँ ३१ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ५२ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा एवं बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।



















